काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को चीन भ्रमणको मिति तय भइनसकेको बताएका छन्। उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको भए पनि भ्रमणको तिथि र समय भने टुङ्गो नलागेको उनले स्पष्ट पारेका हुन्।
आइतबार काठमाडौं–६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक मिति तय नभएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणपछि चीन भ्रमण हुने चर्चा र समाचारहरू सार्वजनिक भइरहेका सन्दर्भमा मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको उच्चस्तरीय भ्रमणलाई स्वाभाविक रूपमा जोडेर समाचार आएको हुन सक्ने बताए।
‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान्, तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन,’ उनले भने।
मन्त्री खनालले भ्रमणको मिति तय नभए पनि परराष्ट्र मन्त्रालयले उच्चस्तरीय भ्रमणका लागि आवश्यक तयारीका काम निरन्तर अघि बढाइरहेको बताए।
‘अहिले ठ्याक्कै यही मिति र समयमा सम्माननीयज्यूको चीन भ्रमण हुन्छ भनेर समय अवधि तोकिइसकेको छैन,’ मन्त्री खनालले स्पष्ट पारे।
प्रधानमन्त्री शाहको चीन भ्रमणलाई लिएर विभिन्न चर्चा भइरहेका बेला परराष्ट्रमन्त्रीको पछिल्लो भनाइले भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहेको स्पष्ट पारेको छ।









सिन्धुलीमा जिप दुर्घटना : चालकको मृत्यु, चार जना घाइते
यस्तो छ कांग्रेस जिल्ला र प्रदेश अधिवेशनको तालिका
किन घटयो राप्रपाको क्रियाशील सदस्य संख्या ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन