1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

भारत भ्रमणपछि चीन जाने तयारीमा प्रधानमन्त्री वालेन शाह

४५२पाठक संख्या
०वास्तविक शेयर
४४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

भारत भ्रमणपछि चीन जाने तयारीमा प्रधानमन्त्री वालेन शाह

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह  (बालेन) को चीन भ्रमणको मिति तय भइनसकेको बताएका छन्। उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको भए पनि भ्रमणको तिथि र समय भने टुङ्गो नलागेको उनले स्पष्ट पारेका हुन्।

आइतबार काठमाडौं–६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक मिति तय नभएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणपछि चीन भ्रमण हुने चर्चा र समाचारहरू सार्वजनिक भइरहेका सन्दर्भमा मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको उच्चस्तरीय भ्रमणलाई स्वाभाविक रूपमा जोडेर समाचार आएको हुन सक्ने बताए।

‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान्, तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन,’ उनले भने।

मन्त्री खनालले भ्रमणको मिति तय नभए पनि परराष्ट्र मन्त्रालयले उच्चस्तरीय भ्रमणका लागि आवश्यक तयारीका काम निरन्तर अघि बढाइरहेको बताए।

‘अहिले ठ्याक्कै यही मिति र समयमा सम्माननीयज्यूको चीन भ्रमण हुन्छ भनेर समय अवधि तोकिइसकेको छैन,’ मन्त्री खनालले स्पष्ट पारे।

प्रधानमन्त्री शाहको चीन भ्रमणलाई लिएर विभिन्न चर्चा भइरहेका बेला परराष्ट्रमन्त्रीको पछिल्लो भनाइले भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहेको स्पष्ट पारेको छ। 

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २५६ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।