1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

हुलास फिनसर्भको सीईओमा समीर ठाकुर नियुक्त

६६६पाठक संख्या
३वास्तविक शेयर
६८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

हुलास फिनसर्भको सीईओमा समीर ठाकुर नियुक्त

काठमाडौं, १० मंसिर । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीले ठाकुरलाई सीईओ नियुक्त गरेको जनाएको छ। यो नियुक्ति कम्पनीको संस्थागत विकास तथा व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालको हायर पर्चेज वित्तीय क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवाको विस्तार गरिरहेको महत्वपूर्ण समयमा ठाकुरको नियुक्ति भएको कम्पनीले जनाएको छ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज वित्तीय संस्था हो। कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, ल्यापटप, मोबाइल फोनलगायत उपभोक्ता विद्युतीय सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ।

उपभोक्ता वित्तीय सेवाको क्षेत्रमा आफ्नो पहुँच विस्तार गरिरहेको कम्पनीले नवीन वित्तीय समाधान तथा रणनीतिक साझेदारीमार्फत ग्राहकलाई वित्तीय सेवा थप सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ। 

ठाकुरको नियुक्तिसँगै कम्पनीको व्यवस्थापन, कार्यसञ्चालन क्षमता तथा रणनीतिक दिशालाई थप सुदृढ बनाउँदै वित्तीय सेवा क्षेत्रको विकास र विस्तारमा योगदान पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २४९ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।