ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ आश्विन २५बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीनबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्
देश · २०८३ आश्विन २४‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी
देश · २०८३ आश्विन २४जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचितकलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सहनी केही वर्षअघि औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका थिए। राजनीतिमा सक्रिय भएको छोटो समयमै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अन्तर्राष्ट्रिय · २०८३ आश्विन २४नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमाप्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय · २०८३ आश्विन २४मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्यो
देश · २०८३ आश्विन २४कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउगगन थापाले भने– ‘व्यक्तिको दाग पार्टीले बोक्दैन’
देश · २०८३ आश्विन २४उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान
देश · २०८३ आश्विन २४जनमत पार्टीद्वारा विशेष समितिहरू र सम्पर्क व्यक्ति चयन
देश · २०८३ आश्विन २४एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छअध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन, राष्ट्रिय भेलालगायतका विषयमा निर्णय गरेको हो ।
देश · २०८३ आश्विन २४‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहारचाडपर्वको मुखमै महँगी, कालोबजारी र मनपरी भाडा : सरकारलाई प्रभु साहको चेतावनी—‘जनताको पीडा नदेखेको जस्तो नगर’
देश · २०८३ आश्विन २४सभापतिमा निर्वाचित गगनलाई विश्वप्रकाशले भने– ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।
देश · २०८३ आश्विन २४दुर्गा पूजामा मेयर रीना साहको स्वच्छताको सन्देश, मौलापुरमा नगर सरसफाइ अभियान शुभारम्भ
हेडलाइन · २०८३ आश्विन २४कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचितकांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिएका हुन्।
देश · २०८३ आश्विन २४अभिनेता विपिन कार्कीको अभिव्यक्ति प्रकरणमा बोल्यो मेडिसिटी अस्पताल
देश · २०८३ आश्विन २३मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदैकांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।
देश · २०८३ आश्विन २३करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्न
हेडलाइन · २०८३ आश्विन २३तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।








