काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामपल्टन साहले मधेसी क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। कांग्रेसको लामो राजनीतिक यात्राबाट आएका साहले पार्टीको नेतृत्व तहमा नयाँ सोच, युवा पुस्ताको प्रतिनिधित्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी अघि सारेका हुन्।
धनुषा निर्वाचन क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधिसमेत रहेका साहले मंगलबार राष्ट्रिय सभागृह पुगेर सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। मधेसी क्लस्टरतर्फ सहमहामन्त्रीको एक पदका लागि साहसहित विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।
साह नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन्। उनी पार्टीको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत चयन भएका थिए। पछिल्लो समय उनी धनुषा–१ मा पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा समेत उम्मेदवार बनेका थिए।
साहले आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको सुधार, सुशासन र राजनीतिक शुद्धताको मुद्दासँग जोड्दै आएका छन्। उनले भ्रष्टाचार र परिवारवादविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन्। विशेष महाधिवेशनले अघि सारेको म्यान्डेटलाई आत्मसात् गर्दै कांग्रेसलाई नयाँ राजनीतिक संस्कार र जनअपेक्षाअनुसार अघि बढाउनुपर्ने उनको धारणा छ।
मधेस प्रदेशमा कांग्रेसको संगठन विस्तार र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयलाई समेत साहले प्राथमिकतामा राखेका छन्। लामो समयदेखि पार्टी संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका साहले अब केन्द्रीय नेतृत्वमा रहेर मधेसका सवाललाई प्रभावकारी रूपमा उठाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको आगामी नेतृत्व र राजनीतिक दिशासमेत तय गर्ने भएकाले सहमहामन्त्री पदमा साहको उम्मेदवारीलाई मधेसी समुदायबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि प्रस्तुत भएको दाबीका रूपमा हेरिएको छ।




काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य
सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट
सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने
फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन