1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय
काठमाडौं, २३ असोज । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री साहको भारत भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमणको मिति तय भएपछि सार्वजनिक गरिने उनले बताए ।

‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइरहेको छैन । मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ,’ प्रवक्ता क्षेत्रीले भने ।

यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेन्डा तयार पार्ने काम भइरहेको जनाएको थियो ।

प्रवक्ता क्षेत्रीले अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा एजेन्डाका विषयमा पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Balenshah #balen

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार