1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा

एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।

पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा
काठमाडौं, २० असोज । एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।

केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई पार्टीको दोस्रो वरीयता दिइएको हो ।

भण्डारीले अब केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने भएकी छन् । उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने तथा अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने अपानिमा उल्लेख छ ।

वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने जिम्मेवारी भण्डारीले पाएकी छन् । 

एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था नभए पनि भण्डारीका लागि सो पद सिर्जना गरिएको हो । वरिष्ठ नेता थप भएपछिको विधानको व्यवस्थालाई आगामी विधान महाधिवेशनले अनुमोदन गर्ने एमालेले जनाएको छ । दुई कार्यकाल राष्ट्रपति हुनुअघि भण्डारी एमालेमा उपाध्यक्षको भूमिकामा थिइन् । भण्डारी अब एमालेमा ओलीपछि शक्तिशाली बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Bidya_Devi_Bhandari #cpnuml #uml

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार