काठमाडौं, २५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।
देशमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको बडादसैँ पर्वमा टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको जानकारी गराइएको छ।
निर्मल निवासस्थित सम्वाद सचिवालयले जारी गरेको सूचनामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको, सयौँको दुःखद निधन भएको तथा ठूलो जनधनको अपूरणीय क्षति भएको अवस्थाप्रति दुःख व्यक्त गरिएको उल्लेख छ।
विपत्तिको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्ण रूपमा मनाउने निर्णय भएको सूचनामा जनाइएको छ।




मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस
बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन
‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी
जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन