काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत पार्टीको पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। महाधिवेशनको बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव लैजाँदै पदाधिकारीको संख्या थप गर्ने तयारी भइरहेको हो।
विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले प्रस्तावमाथि छलफल गरिरहेको छ। पदाधिकारी संख्या कति बढाउने भन्ने विषयमा भने शीर्ष तहमा आजै टुंगो लगाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।
उनका अनुसार उपसभापति र महामन्त्रीमा एक–एक जना थप गर्ने विषय लगभग निश्चित भइसकेको छ। नेताहरूको व्यवस्थापनलाई ध्यानमा राख्दै सहमहामन्त्रीको संख्या पनि बढाउने विषयमा छलफल भइरहेको उनले बताए । सहमहामन्त्री थपिने संख्या भने अहिलेसम्म निश्चित भइसकेको छैन।
हाल कांग्रेसको विधानअनुसार सभापति एक जना, उपसभापति र महामन्त्री दुई–दुई जना तथा विभिन्न क्लस्टरबाट आठ जना सहमहामन्त्री रहने व्यवस्था छ।
‘विधान संशोधन समितिमा छलफल भइरहेको छ। उपसभापति र महामन्त्री एक–एक जना थपिने निश्चितजस्तै भएको छ। नेताहरूको व्यवस्थापनका लागि सहमहामन्त्रीको संख्या पनि बढाउने तयारी छ,’ ती पदाधिकारीले भने, ‘कति थप्ने भन्ने टुंगो लागेको छैन, चार–पाँच जनासम्म बढ्न सक्छ।’
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि पार्टीको आवश्यकता र समयअनुसार विधान संशोधनको विषय महाधिवेशनबाट टुंगो लाग्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा हुँदैछ।




प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…
दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली
आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन