काठमाडौं, १९ असोज । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्याउने भएको छ। विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।
नयाँ व्यवस्थाअनुसार महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक-अपांगता भएका समुदायबाट एक-एक जना गरी नौ सहमहामन्त्री चयन हुनेछन्।
खुलाबाट दुई सहमहामन्त्री
काँग्रेसले सहमहामन्त्रीमा समावेशी क्लस्टरसँगै खुला प्रतिस्पर्धाबाट समेत नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ। खुलातर्फ दुई सहमहामन्त्री निर्वाचित हुनेछन्। यसअघिको व्यवस्थामा सहमहामन्त्री पदमा खुलातर्फबाट चयन हुने व्यवस्था थिएन।
समावेशी प्रतिनिधित्वमा समेत एउटा क्लस्टर थपिएको छ। अघिल्लो महाधिवेशनमा नरहेको अल्पसंख्यक- अपांगता भएका समुदायको क्लस्टरलाई नयाँ व्यवस्थामा समेटिएको छ। यससँगै समावेशी समूहबाट चयन हुने सहमहामन्त्रीको संख्या नौ पुग्नेछ।
सभापतिले चार जना मनोनीत गर्ने
विधान संशोधनले पार्टी सभापतिलाई चार सहमहामन्त्री मनोनीत गर्ने अधिकारसमेत दिएको छ। सभापतिले मनोनीत गर्ने चारमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
यसरी नौ समावेशी क्लस्टरबाट निर्वाचित, दुई खुलाबाट निर्वाचित र चार सभापतिबाट मनोनीत गरी काँग्रेसमा कुल १५ सहमहामन्त्री रहनेछन्। नयाँ व्यवस्थासँगै काँग्रेसको सहमहामन्त्री तहमा निर्वाचित तथा मनोनीत दुवै प्रणालीबाट नेतृत्व चयन हुने भएको छ।




आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय
२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?
असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन