1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

गगनलाई सभापतिमा सर्वसम्मत गर्न निर्वाचन प्रक्रिया सर्यो

गगनलाई सभापतिमा सर्वसम्मत गर्न निर्वाचन प्रक्रिया सर्यो
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम एक दिन पछि सरेको छ । महाधिवेशनबाट नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । सभापतिमा गगनकुमार थापालाई सर्वसम्मत गराउने प्रयास जारी रहेकाले निर्वाचन प्रक्रिया एक दिनपछि सरेको हो । तर कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको सूचनाअनुसार मतपत्र छपाइमा केही ढिलाइ भएपछि निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको हो ।

निर्वाचन समितिका अनुसार अहिले आवश्यक सबै मतपत्र छपाइ भइसकेका छन् । मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापनसमेत तयार पारिएको समितिले जनाएको छ । आवश्यकताअनुसार थप सुरक्षा प्रबन्धसमेत पूर्ण रूपमा मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

समितिले पार्टी नेतृत्वले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातिको समयमा रातभर लगाएर निर्वाचन गराउनु उपयुक्त नहुने निष्कर्ष निकालेको जनाएको छ । विभिन्न क्षेत्रबाट प्राप्त सकारात्मक सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै निर्वाचन कार्यक्रम संशोधन गरिएको हो ।

नयाँ कार्यतालिकाअनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ भने अपराह्न ३ बजेसम्म मतदान जारी रहनेछ । निर्धारित मतदान केन्द्रमा सम्बन्धित प्रदेश तथा भ्रातृ एवं शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका निर्वाचनका लागि मतदान गराइने समितिले जनाएको छ ।

समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा मतदातालाई बिहानैदेखि मतदानका लागि प्रतीक्षारत रहन आग्रह गरिएको छ ।
   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#nepalicongress #gaganthapa

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार