1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागत

२४२पाठक संख्या
१वास्तविक शेयर
२४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागत

काठमाडौं, १३ असोज । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको लामो समयपछि गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको देउवा समूह प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा उनी प्रवेश भएका हुन्।

देउवा कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । सचिवालयका अनुसार उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन्।

मनांगे पछिल्लो तीन चार महिनायता इतर समूहको राजनीतिमा क्रियाशील रहँदै आएका थिए । शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा स्वागत गर्नेसम्मको सबै काम मनांगेले नै गरेका थिए । देउवाको स्वागतमा मोटरसाइकल जुलुस निकाल्ने योजना मनांगेले नै बनाएको नेता कार्यकर्ता बताउँछन् । 

मनांगे गत प्रदेश सभाको निर्वाचनमा मनाङबाट स्वतन्त्र विजयी भएका थिए । पछि उनी तत्कालीन एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २४३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।