काठमाडौं, १५ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ ।
१५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरूलाई सचेत गराएको छ ।
समितिले निर्वाचन प्रक्रियामा संलग्न भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाइएको छ । त्यस्ता गतिविधिलाई अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको उनले बताए ।
कार्यवाहक संयोजक धमलाले पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नगर्न आह्वान गर्दै अन्यथा समितिले तत्काल आवश्यक कडा कारबाहीको प्रक्रियालाई अगाडि बढाउन बाध्य हुने स्पष्ट पारेका छन् ।











प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : ८ समझदारी, २४० अर्बको सहायता घोषणा; सीमा विवाद र पुराना मुद्दा भने थाती
नरेन्द्र मोदी र वालेन्द्र शाहले उद्घाटन गर्न लागेको रेलको रोचक संयोग : १६ वर्षअघि नै थियो बर्दिबाससम्म विस्तार गर्ने सम्झौता
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन